शब्दः हामा नाचुको
चित्रः योकोयामा योउएई
धेरै पहिलाको कुरा हो । जापानको कुनै गाउँमा उरासिमा तारो नामको माँझी बस्थ्यो ।
ऊ सधैं समुन्द्रमा गएर माछा छोप्ने गर्थ्यो ।
एकदिन उसले धेरै बेर सम्म कोसिस् गर्दा पनि माछा छोप्न सकेन ।
“ए ! किन होला आज माछा नपर्ने ?”
ऊ सोच्न थाल्यो, सोचिरहेको बेलामा उसले जाल भारी भए जस्तो महसुस् गर्यो ।
र जाल तानेर हेर्दा त्यसमा ठूलो कछुवा रहेछ ।
तर उसले त्यो कछुवालाई जाल बाट निकालेर “जा समुन्द्रमै गएर बस्” भनेर छोडिदियो ।
र त्यो दिन उसले एउटा पनि माछा छोप्न सकेन ।
त्यसपछि टाढाबाट “उरासिमाजी , उरासिमाजी” भन्ने आवाज आयो ।
उरासिमा तारोले के रहेछ भनेर फर्केर हेर्दा त्यो अगिको कछुवा रहेछ ।
“म -युगु दरबारको राजकुमारीको सेवक हुँ आउनुहोस् म तपाइँलाई -युगु दरबारमा लिएर जान चाहान्छु ” कछुवाले भन्यो ।
त्यसपछि उरासिमा तारो त्यस कछुवाको माथी बस्यो र समुन्द्रको भित्र पस्यो ।
अली बेर पछि झलमल्ल परेको -युगु दरबार देखिन थाल्यो ।
त्यहाँ घेरै थरीका माछाहरु नाचिरहेका थिए ।
त्यो देखेर कछुवाले भन्यो । " हेर्नुहोस् त, तपाईं आएको देखेर सबै माछाहारु खुशीले नाचिरहेकाछन्" ।
त्यसपछि कछुवाले उरासिमा तारोलाई -युगु दरबार भित्र लिएर गयो ।
बिश्वास पनि गर्न नसकिने राम्री राजकुमारी आएर उरासिमा तारोलाई स्वागत गरिन् ।
“ उरासिमा तारोजि कछुवालाई बचाएकोमा तपाईंलाई धेरै धेरै धन्यबाद छ,
यो दरबारलाई आफ्नै घर जस्तो सम्झिनु है !” राजकुमारीले भनिन् !
उरासिमा तारो राजकुमारीसँग खुशी साथ बसेको थीयो ।
त्यसपछि ३ बर्ष पछिको कुरा हो ।
उरासिमा तारोलाई एक्कासि अफ्नो आमाको याद आयो र उसलाई घर फर्कीन मन लाग्यो ।
त्यसपछि राजकुमारीले एउटा बाकस लिएर भनिन् ।
“यो, तामातेबाको हो ।” राजकुमारीले भनिन् ।“तामातेबाको ?”
“यदि तपाईंलाई फेरि -युगु दरबारमा फर्किने मन छ भने यो बाकसलाई एक पटक पनि नखोल्नु हो ला” राजकुमारीले भनिन् ।
कछुवाको माथि चडेर फर्किएको उरासिमा तारोले अफ्नो घर नदेख्दा अचम्म पर्यो ।
त्यसपछि उसले बाटोमा हिड्दै गरेकी बुढी आमालाई सोध्यो ।
“ उरासिमा तारोको घर कता होला ?” बुढी आमाले सोचेर भनीन् ।
"धेरै पहिले उरासिमा तारो नामको मानिस त थियो रे तर ऊ समुन्द्रबाट फर्किएन रे भन्ने कुरा त सुनेकी थीएँ तर यो ३ सय बर्ष पहिलाको कुरा हो ।”
“ ए ३ सय बर्ष ! ” उरासिमा तारो छक्क पर्यो र अब के गर्ने भनेर सोच्यो ।
‟ ए अँ यो बाकस छ नि ” उरासिमा तारोले बाकस बिस्तारै खोल्यो ।
त्यो बाकसबाट सेतो धुवाँ निस्कियो ।
त्यसपछि उरासिमा तारोको कपाल र आँखिभौ सेतो भयो र एक्कासी बुढो मान्छे जस्तै भयो !
समाप्त
おくづけ
「うらしまたろう」ネパール語
文:浜 なつ子
絵:よこやま ようへい
翻訳:野口陽子、サラマ プラシナ
朗読:サラマ プラシナ
校正:サラドウ クマール ゴーチャン
音楽:秋山裕和
企画:にほんごの会くれよん
制作:多言語絵本の会RAINBOW
बिक्रिवितरण, परिवर्तन र संशोधन गर्न संख्त मनाहि छ ।