शब्दः (हामा नाचुको)
चित्रः (योकोयामा योउएइ)
धेरै पहिलाको कुरा हो, जापानको एउटा गाउँमा एक्लो किसान केटो बस्थ्यो ।
एक दिन उसले मनमनै सोच्यो, आज पनि पहाडमा गएर रूख काट्नु पर्यो ।
यत्तिकैमा आकाशबाट "क्वाँ ! क्वाँ ! क्वाँ !" गर्दै, केहि सेतो चिज झर्दै तलतिर आयो ।
"ए यो त बकुल्ला जस्तो छ, बिचरालाइ तिरले घोचेको जस्तो छ, यसलाइ "मद्द्त" गर्नुपर्यो" ।
भन्ने सोंच्दै, त्यो किसानले बकुल्लाको शरिरबाट, तिर निकालेर,
खोलाको "संङलो" पानीले घाँउ सफा गरिदियो ।
यसो गरेपछि बकुल्लालाइ निको हुँदै आयो ।
त्यसपछि किसानले "ल अव तिमी आकाशतिरै फर्क"
भन्दै, आकाशतिर उडाइदिए र बकुल्ला पनि स्वस्थ भएर उडेर गयो ।
त्यसपछि केहि दिन पछीको कुरा हो, एक दिन त्यो किसानको घरको ढोका,
कसैले, "ढक् ! ढक् !" गरेर ढकढकायो ।
यस्तो हिँउ परेको रात, को होला? सोंच्दै, किसानले ढोका खोल्यो र हेर्दा एउटी एकदमै गोरी र राम्री केटी देखे ।
केटीले किसानलाइ, मलाइ तपाइको "दुलही" बनाउनुस् भनि, म जस्तो गरिवको घरमा "दुलही" बन्ने ? के भनेको यस्तो ?
किसानले छक्क पर्दै सोध्यो "केहि छैन जे भए पनि फरक पर्दैन,मलाइ आफूसंग राख्नुस्" भनेर केटीले "जिद्दि" गरि रहि, त्यो किसानलाइ भने सपना देखे जस्तै भयो ।
अन्तमा उसले केटीलाइ घरभित्र हुलेर, आफ्नो "दुलही" बनाइ सदाको लागि, श्रीमान श्रीमती भएर खुसी संग जिवन बिताउँदै गए ।
एक दिनको कुरा हो, केटीले भनि "म धाँगोबाट कपडाहरू बनाउँछु ।
त्यो बनाउँदै गरेको बेला कोठा भित्र नर्हेनु, अनि नर्छिनु पनि होला"
हुन्छ, म "कसम" खान्छु, त्यसै गर्छु, भनेर किसानले भन्यो ।
त्यसपछि, "टक्ल्याङ ! टक्ल्याङ ! टक्ल्याङ ! "
कपडा बनाउने "तान" को एकोहोरो र ठुलो आवाज सुनियो ।
त्यसको तिन दिनपछि कपडा बनाउन सकियो ।
"लेो लिनुस् मैले बनाएको कपडा" केटीले किसानलाइ कपडा दिँदै भनि, ए तिमी कस्तो दुब्लाएको? थकाइ पनि लाग्यो होला, तर कपडा त कति राम्रो रहेछ ।
अव म, "शहर गएर यसलाइ बेचेर आउँछु" किसानले भन्यो ।
कपडा धेरै राम्रो भएकोले, धेरै मान्छेहरूले तानातान् गरेर लिन खोजे ।
र त्यहाँ राजाको मान्छेहरू पनि थियो ।
तिनीहरूले किसानलाइ भने "यो कपडाहरू हाम्रो राजालाइ बेच र अर्को पनि बनाउ, पैसा जति पनि पाउँनेछेो" भनेर भने ।
किसान खुसी हुँदै आएर घरमा बुढीलाइ, यो कुरा भन्यो ।
"ए फेरि अर्को एउटा पनि चाहियो रे? हुन्छ नि भन्दै, अर्को चोटि पनि पहिलेकै जस्तो गर्नु है ।
कोठामा नपस्नु पनि, नर्हेनु पनि" भनेर केटी "तान" बुन्ने कोठा भित्र पसि ।
तर यो पटक, कपडा बुन्दाको आवाज त्यति राम्रो थिएन ।
"ट-क्ल्याङ ! ट-क्ल्याङ ! ट-क्ल्याङ !"
यस्तो आवाज सुनेर किसानलाइ चिन्ता लाग्यो र मनमनै सोंच्यो, के भएको होला?
आवाजै कस्तो आइरहेछ, यसो सोचि ढोका खोलेर हेर्यो ।
तर त्यहाँ केटीको सट्टा, सेतो बकुल्ला थिइ ।
जुन आफ्नो प्वाँखबाट कपडा बनाउँदै थिइ ।
ए,ए तिमि? किसानले "चकित" भएर प्रश्न गरे ।
"हो म, तपाइले बचाउनु भएको त्यहि बकुल्ला हुँ" ।
त्यहि बेला देखि म तपाइको "ऋणी" थिँए ।
तर अब मेरो यो "रुप" तपाइले देख्नु भएकोले केटीको "स्वरूप" सकियो ।
अब म तपाइसँग बस्न सक्दिन ।
यति भनेर, त्यो बकुल्ला माथी आकाशतिर उडेर गयो ।
समाप्त
नोटहरू :-
मद्द्त*= सहयोग
संङलो*= एकदमै
सफादुलही*= केटा मान्छेहरूले बिहे गरेको नयाँ बेहुली केटी
जिद्दि*= केहि काम गर्नै पर्छ भन्ने ढिपि
कसम*= वाचा, प्रतिज्ञा
तान*= नेपालमा पहिले पहिले धागो बाट कपडा बुनेर कपडा लाउने चलन थियो त्यो कपडा बुन्ने मेशिनलाइ तान भनिन्थो ।
चकित* = छक्क, अचम्म
ऋणि* = कसैबाट केहि कुराको सहयोग पाउने व्यक्ति ।
स्वरूप* = रूपको फेरिएको अर्को रूप,
おくづけ
「つるのよめさま」ネパール語
文:浜 なつ子
絵:よこやま ようへい
翻訳:Kanchan Khadka, Rai Tara
朗読:Kanchan Khadka
校正:Sarad Kumar Gauchan
音楽:秋山裕和
企画:にほんごの会くれよん
制作:多言語絵本の会RAINBOW
協力:おむすびころりん愛知
बिक्रिवितरण, परिवर्तन र संशोधन गर्न संख्त मनाहि छ ।