शब्दः (हामा नाचुको) चित्रः (योकोयामा योउहेई)
धेरै धेरै पहिलेको कुरा हो।
गँगटोले एउटा मिठो ओनिगिरी भेट्टायो।
त्यहा बाँदर पनि आईपुग्यो।
"बाँदरले भन्यो, मैले अझै त्यो भन्दा राम्रो चिज भेट्टाएको छु नि।"
"अझै राम्रो चिज रे, गँगटोले छक्क पर्दै सोध्यो ?"
"त्यो हलुवाबेदको गेडा हो, यसलाई जमिनमा रोपेपछी मिठो फल फल्छ।
कस्तो होला, त्यो ओनिगिरीसंग साट्ने हो? बाँदरले सोध्यो।"
"एहो हुन्छ, गँगटोले भन्यो।"
गँगटोले ओनिगिरी संग हलुवाबेदको गेडां साट्यो।
हलुवाबेदको गेडांबाट विस्तारै फल फल्न थाल्यो। विस्तारै विस्तारै ठुलो हुदै, गुलियो रस बसेको थुप्रै फल फल्यो।
"ल, अव टिपेर खानपर्यो भनेर सोच्दैथियो।"
त्यहा त्यहि बाँदर आईपुग्यो।
"बाँदले भन्यो, म रुखमा चढेर फल टिपी दिन्छु।"
"त्यसै गरौं गँगटोले भन्यो।"
बाँदर रुखमा चढ्न सिपालु भएकोले, सरासर एकैछिनमा रुखमा चढ्यो।
"ओहो.. कति मिठो, गुलियो र नरम भन्दै टिप्दै खाँदै गर्न थाल्यो।"
"गँगटोले, बाँदरजी.. मलाई पनि एउटा फ्याक्न भन्यो।"
"ल.. तिमिलाई यो निलो, काँचो र सारो हलुवाबेद भन्दै फाल्दियो"।
त्यो काँचो र सारो हलुवाबेदले गँगटोलाई प्याट्ट लाग्यो र गँगटो त्यहि मर्यो।
त्यसपछि, त्यो मरेको गँगटोको खोलबाट असंख्य गँगटोको बच्चाहरु निस्कियो।
ति स-साना गँगटोहरु, आफ्नो पुर्खाको वदला लिन भनि बाँदरको घरतिर लागे।
बाटोमा "हिडिरहेकोवेलामा कटुसले सोध्यो, गँगटोजीहरु कहा जान लागेको?"
"नमस्ते कटुसजी, हामिहरु बाँदरलाई वदला लिन जान लागेको।"
"कटुसले भन्यो, हामिहरु पनि साथ दिन्छौं।"
अलि पर पुगेपछि गोवरले सोध्यो,
"गँगटोजीहरु कहा जान लागेको ?"
"नमस्ते गोवरजी, हामिहरु बाँदरलाई वदला लिन जान लागेको।"
"गोवरले भन्यो, मैले पनि साथ दिन्छु।"
अनि फेरि झन पर पुगेपछि ढुंङ्गाको ओखलले सोध्यो,
"गँगटोजीहरु कहा जान लागेको ?"
"नमस्ते ढुंङ्गाको ओखलजी, हामिहरु बाँदरलाई वदला लिन जान लागेको।"
"ढुंङ्गाको ओखलले भन्यो, मैले पनि साथ दिन्छु।"
कटुस र गोवर र ढुंङ्गाको ओखलहरु गँगटोको साथी बने।
सवैजना बाँदरको घरमा पुगे।
बाँदर बाहिर गएकोले घरमा कोहि पनि थिएन् , त्यसैले तिनिहरुले बाँदर आउने बाटो कुरेर बसे।
कटुस चाँहि अगेना भित्र पसेर लुक्यो।
स-साना गँगटोहरु पानीको भाँडाभित्र लुक्यो।
गोवर , ढोकाको अगाडि तेर्सेर बस्यो।
ढुंङ्गाको ओखल चाँहि ढोका माथी टाँस्सिएर बस्यो।
केहिवेर पछि हल्लाखल्ला गर्दै बाँदर फर्केर आयो।
"ओहो, जाँडो.. जाँडो भो... चाँडै अगेनामा आँगो ताप्न पर्यो भन्दै चुला तिर लाग्यो।"
पट्याक्क ! गरेर, अगेनामा तात्तिएर बसेको कटुस बाँदरको चाकैमा उफ्रेर टाँस्सियो।
"आथ्थु !! पोल्यो..तुरुन्तै चाक सेलाएन भने के हुने हो ! भन्ने सोचेर
बाँदर पानी राखेको भाँडामा पस्यो, झ्वाम्म.., झ्याप्लुङ्ग ! झ्याप्लुङ्ग !!
पानी राखेको भाँडामा लुकेर बसेको गँगटोहरु एकैचोटि निक्लिएर बाँदरको शरिर भरि एक्कासि झंम्टिए।
"आईया. आईया.. !"
हट्टु परेको बाँदर लर्याङ्ग.. लर्याङ्ग.. गर्दै ढोकाबाट बाहिर निक्लन खोज्दा, ढोकामा तेर्सेर बसेको गोवरमा चिप्लेर लड्यो।
"यहि मौका छोप्दै, एई.."
ढोकाको माथी टास्सिएर बसेको ढुंङ्गाको ओखल बाँदरमाथी उफ्रेर खस्यो।
बाँदर ढुंङ्गाको ओखल मुनि किच्चिएर, कच्याक कुचुक्क भयो।
समाप्त
नोट :-
* ओनिगिरी – जापानीज चलन अनुसार भातलाई डल्लो बनाएर खाईने एक प्रकारको खानाको परिकार
* हलुवाबेद – पहेलो र गुलियो हुने फलफुलको प्रकार
* ओखल – नेपालको गाउँघरतिर धान, चामल, मकै, कोदो आदिलाई पिस्ने बिशेष किसिमको यन्त्र, जुन काँठ वा ढुंङ्गाबाट बनेको र धेरे पहिला देखी प्रयोगमा आएको देखिन्छ
* पुर्खा – बुवा, बाजे, जिजुबाजे अर्थात पुरानो पुस्ता
* कटुस – जंगलको रुखमा फल्ने एक प्रकारको फल, जुन फलको बोक्रा कडा र काँडा भएको हुन्छ भने भित्रको फल चाहि बदाम संग मिल्दोजुल्दो हुन्छ
* गोवर – गाँई, गोरुको दिसाँ
* चुला, अगेना – माटो, ढुंङ्गा वा फलामबाट बनेको आँगो बाल्ने ठाउँ
अनुवादकर्ता तथा स्वर : शरद कुमार गौचन
おくづけ
「さるかに」ネパール語
文:浜 なつ子
絵:よこやま ようへい
翻訳・朗読:Sarad Kumar Gauchan
音楽:秋山裕和
企画:にほんごの会くれよん
制作:多言語絵本の会RAINBOW
बिक्रिवितरण, परिवर्तन र संशोधन गर्न संख्त मनाहि छ ।