बाँसको राजकुमारी

2.

धेरै अगाडिको कुरा हो । जापानमा एकजना बुढा बाजे थिए ।
एक दिन पहाडमा बाँस लिन जानु पर्यो भनि निस्के ।
जादै गर्दा बाटोमा एउटा उज्यालोआईरहेको बाँस जस्तो देखे र यसो गएर हेरेों.. के रहेछ भन्ने सोंचे ।

3.

त्यहाँ उनले एउटा अत्यन्त सानो, बच्ची देखेर उनले सोंचे ।
त्यो बच्चीलाइ बुढाबुढि भएर पाल्नु पर्यो ।
अनि बाजेले, त्यो बच्चीलाइ हातमा उठाएर बोकी घर लिएर जाँदै.. बाटोमा सोंचे ।

4.

यति राम्री, प्यारी, सानी, बच्ची छ ।
यीनको नाम के राख्ने होला ? अँ.. “बाँसघारीमा भेटेको हुनाले बाँसको राज कुमारी” राख्नु पर्यो ।

5.

बाँसको राजकुमारीआएपछि बाजेको घरमा अचम्मको कुरा भयो, त्यो के भने, बाजेले ल्याएको बाँसबाट पैसा निस्किन थाल्यो र उनीहरू एक्कासि धनी हुदै गए ।

6.

त्यस्तै बिस्तारै, बिस्तारै बाँसको राजकुमारी पनि ठूली हुँदै आईन् ।
यसरि धेरैतिरबाट बिवाहको लागि प्रस्तावहरू पनि आए ।
तर बाँसकि राजकुमारीले प्रस्तावहरू कुनै पनि स्वीकार गरिनन् ।

7.

तिन वर्ष बितिसकेको थियो ।
एकदिन बाजे बज्यैले बाँसको राजकुमारी चन्द्रमा हेरेर रोईरहेको देखे र सोंचे, किन तिनले त्यसो गर्छिन् ।
हाम्री यस्ती प्यारी राजकुमारीलाइ के पिर होला भनेर.. लेो न, भनेर सोधे?

8.

अनि उनले भनिन् ।
"म, यस मानव लोकको मान्छे होइन । चन्द्रमा लोकको मानिस हुँ ।"
पूर्णिमाको दिन चन्द्रमा उदाएको बेला म, अवश्य फर्किनुपर्छ ।
उनीहरूले एक्कासी बाँसको राजकुमारीले कस्तो कुरा गरेको होला भन्ने ठाने ।

9.

तिनले भनिन । "म, अझै बाजे बज्यै संग यहाँ बस्न चाहन्छु भनेर, च्रन्द्रमाको राजालाइ कति आग्रह गरें ।
तर वहाँले मेरो कुरा सुन्दै सुन्नु भएन ।"

10.

बाजे बज्यै पनि बाँसको राजकुमारीसँग चाँडै बिछोड हुने कुरा सुनेर पिरोलिएर रून थाले ।

11.

अन्तमा पूर्णिमाको दिन पनि आयो र चन्द्रमाको राजाले पठाएका सिपाईहरू आएर, बाँसको राजकुमारीको सुरक्षाको लागि घर वरिपरि तिनलार्इ पर्खेर बसे ।

12.

जब बेलुकाको बाह्र बज्यो ।
अचानक घरको छेउमा उज्यालो देखापर्यो ।
चन्द्रमा लोकका केहि मानीसहरू रथमा चढेर तलतिर झर्दै आए ।

13.

त्यतातीर फर्किएर सिपाईहरुले धनुबवाण मीलाएर सतर्क भएर बसे ।

14

बाँसको राजकुमारीले बाजे बज्यैलार्इ भनिन्, "झन ठूली भएर हजुरहरूको सेवा गर्छु, भन्ने सोचेको,
त्यो पनि गर्न पाईन । मलार्इ माफ गर्दिनुस् है, बाजे बज्यै ।"

15.

त्यस पछि चन्द्रलोकका मानीसहरूले स्वर्गको पखेटा भएको लुगा बाँसको राजकुमारीलाइ लगाईदिए ।
अनि बाँसको राजकुमारीको मन, मानवको जस्तो खुसि र पिडाको भाव महसुस गर्ने शक्ति बिलाएर गयो र बाँसकी राजकुमारी चन्द्रलोकको मानवमा परिणत भईन् ।

16.

त्यसपछि चन्द्रलोकको मानवसँग आकाशमा माथी, माथी उड्दै गईन् ।

17.

नोटहरू :-
अचम्म= छक्क लाग्दो कुरा
प्रस्तावहरू = हुन्छ वा हुन्नको लागी गरिने प्रश्नहरु
स्वीकार = हुन्छ भन्नु वा सहमति जनाउनु
मानव लोकको = यस पृथ्वी वा धर्तिको
चन्द्रमा लोकको = चन्द्रमाको ठाउँ
पूर्णिमाको दिन = चन्द्रमा झलमल्ल हुने दिन
उदाएको = झुल्केको
गर्वपूर्वक = सम्मान र खुसीसाथ
सेवा गर्न = हेरचाह वा स्याहारसुसार
पिडाको भाव = दुःखद क्षण, दुःखको समय
महसुस = अनुभव
परिणत = बदलिनु

18.

おくづけ
「かぐやひめ」ネパール語(ご)
文(ぶん):浜(はま) なつ子(こ)
絵(え):よこやま ようへい
翻(ほん)訳(やく):シュレスタ スミトラ、Rai Tara、Sarad Kumar Gauchan
朗(ろう)読(どく):シュレスタ スミトラ
校(こう)正(せい):Sarad Kumar Gauchan
音楽(おんがく):秋(あき)山(やま)裕和(ひろかず)
企(き)画(かく):にほんごの会(かい)くれよん
制(せい)作(さく):多(た)言(げん)語(ご)絵(え)本(ほん)の会(かい)RAINBOW
協(きょう)力(りょく):ふくおか地(ち)域(いき)日(に)本(ほん)語(ご)の会(かい)、おむすびころりん愛(あい)知(ち)

19.

बिक्रिवितरण, परिवर्तन र संशोधन गर्न संख्त मनाहि छ ।