शब्दः (हामा नाचुको)
चित्रः (योकोयामा योउएई)
धेरै धेरै समय पहिलेको कुरा हो ।
जापान भन्ने देशको एउटा गाउँमा छोराछेारी नभएको एउटा असल हजुरबा र हजुरआमाको एक जोडि बस्नुहुन्थ्यो ।
उनीहरूले एउटा शिरो नाम गरेको कुकुर पालेका थिए र शिरोलाई उनीरूले आफ्नै सन्तान जस्तै असाध्यै मायाँ गरेर राखेका थिए ।
एकदिन शिरो र हजुरबा पहाडितर घुम्न निक्ले ।
त्यतिकैमा त्येा ठाउँमा शिरोले "ह्वाउँ ह्वाउँ " गर्दै, भुक्न थाल्यो ।
हजुरबाले पनि शिरोले भुकेको ठाउँमा खन्न थाले ।
त्येा खनेको ठाउँबाट सुनको पैसा निस्कियो ।
यो कुरा छिमेकिको दुष्ट हजुरबाले पनि देखे ।
त्यस्तै पैसा पाइन्छ कि, भनेर शिरेालाई मागे ।
असल हजुरबाले पनि शिरोलाई दिए ।
त्येा दुष्ट हजुरबाले शिरोलाई पहिलेको ठाउँमा तान्दै लगेर "कहाँ छ पैसा भन्" भन्दै कराए ।
शिरो चाहिँ "हवाउँ हवाउँ" गदैं भुक्न थाल्येा र त्यहाँ त्येा दुष्ट हजुरबाले खन्दा चाहिँ फोहरमैलाहरू मात्र निक्लियो ।
येा देखेर रिसाएको दुष्ट हजुरबाले शिरोलाई टाउकोमा हिकार्उन थाले र त्यसपछि "क्याङ क्याङ" आवाज निकालेर शिरो त्यहि मर्यो ।
त्यस पछि असल हजुरबा र हजुर आमाले शिरोलाई त्यहि गाडिदिए र शिरो गाडेको त्यो ठाउँमा एउटा रूख रोपिदिए । हेर्दा हर्दै त्येा रूख ठुलो भयो । त्यो रूखको काठबाट उनीहरूले एउटा ओखल भन्ने अन्न पिस्ने भाँडो बनाए ।
त्येा भाँडोबाट चामल पिसेर मोचि भन्ने खानेकुरा बनाउन खेाज्दा त्यो भाँडोमा जति पटक हान्यो, उति धेरै चामलहरू निक्लेको निक्लेकै गर्न थाल्यो ।
र त्यसरि निस्केको चामलबाट पुरै घर भरिन थाल्यो ।
त्यस पछि फेरि त्येा दुष्ट हजुरबाले त्यो भाँडो पनि लगे ।
र उनले पनि त्यसै गरेर चामल निकाल्न खेाजे ।
तर चामलको सट्टा त्यो भाँडोबाट सर्प र थरिथरिका अनेक किराहरू, फोहरहरू निक्लन थाल्यो ।
छ्या.. कस्तो फोहर ! भन्दै दुष्ट हजुरबाले त्यो भाँडो पनि जलाई दिए ।
त्यस्तो मायाँलु शिरोको त्यो एउटा चिनो समेत खरानी भएर गयो ।
असल हजुरबा र हजुर आमा यो देखेर निरास भए ।
त्यसपछि उनीहरूले त्यो सबै खरानी बटुलेर शिरोलाई गाडेको ठाउँमा राख्न खोज्दा हावा आएर त्यो खरानीलाई उडाएर लग्यो ।
एउटा पात नभएको रूखमा सबै छरिदिए ।
अनी त्यसपछि त्यो रूखमा चेरि नाम गरेको फूल फुल्यो ।
येा देखेर असल हजुरबा रूखमा चढि, अझै फूल फुलोस् ! फूल फुलोस् ! भन्दै खरानी छर्कन थाले ।
र त्यहाँ चेरि फूल अझै ढकमक्क फुल्यो ।
त्यसैबेला त्यहि बाटो हिँडिरहेको गाउँको मुखियाले यो देखे ।
यो त एकदम राम्रो कुरा भयो !
भन्दै असल हजुरबालाई पुरस्कार स्वरूप केहि धन दिए ।
यो देखेर दुष्ट हजुरबाले पनि खरानी बटुली रूखमा चढेर सोझो हजुरबाले गरे जस्तै खरानी छर्दै, फूलहरू फुलोस् ! छिटो फूल फुलोस् ! भन्न थाले ।
यो देखेर मुखिया ले पनि "ल त्यहाँ भएको रूखमा फूल फुलाएर देखाउ" भने ।
हवस्, हजुर, हुन्छ...भन्दै खरानी छर्दै त्यसै गरिरहे ।
तर त्यहाँ एउटा पनि फूल फुलेन बरू, त्यो खरानी उडेर मुखियाको आँखा र नाक भित्र पस्यो ।
यो देखेर मुखिया रिसाए र "तँ त खराव मान्छे रहेछस्, यसलाई छिट्टै समाउ" भनि आफ्नो मान्छेहरूलाई अहृाए र तीनलाई जेल भित्र हाले ।
समाप्त
नोटहरू :-
दुष्ट* = खराब विचार भएको मान्छे ।
अन्न* = धान, चामल, मकै, कोदो इत्यादि अे ।
खल* = नेपालको पहिलेका मान्छेहरूले धान, चामल, मकै, कोदो इत्यादि पिस्ने भाँडो जुन काठबाट बनिएको हुन्छ र यसमा अन्न लाएर काठबाटै बनेको लठ्ठिले हान्दा धान बाट चामल इत्यादि निक्लिन्छ ।
मोचि* = चामलको पिठोबाट बनेको जापनको एक प्रकारको खानेकुरा ।
चिनो* = कसैको नामको संझना मा राखिने सामान ।
मुखिया*= नेपालको पहिलेका चलन अनुसार गाउँमा सवैले मान्नुपर्ने,आदर गर्नुपर्ने व्यक्ति ।
おくづけ
「はなさかじい」ネパール語
文:浜 なつ子
絵:よこやま ようへい
翻訳 : Kanchan Khadka, ライ タラ
朗読:Rai Tara
校正:Sarad Kumar Gauchan
音楽:秋山裕和
企画:にほんごの会くれよん
制作:多言語絵本の会RAINBOW
協力:おむすびころりん愛知
बिक्रिवितरण, परिवर्तन र संशोधन गर्न संख्त मनाहि छ ।